भिमबहादुर तामाङ नेपाली राजनीतिका असाधारण व्यक्तित्व: सभापति देउवा

Advertisement

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा सरकारले धाँधली गरेको आरोप लगाउनुभएको छ । प्रहरी, प्रशासन लगाएर सरकारले निर्वाचनमा धाँधली गरेको उहाँको भनाई थियो।

कांग्रेस नेता भीमबहादुर तामाङको सातौं स्मृतिसभाको अबसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले निर्वाचनमा धाँधली भएको बताउनुभएको हो । निर्वाचनमा प्रहरी प्रशासनको भूमिका निष्पक्ष नरहेको भन्दै उहाँ भन्नुभयो, – ‘पोखरामा कांग्रेसले जित्ने ठाउँमा बम पड्काएर षड्यन्त्र गरियो, निर्बाचनको दुई दिनअघि मात्रै प्रहरीको सरूवा गरियो, प्रहरी निष्पक्ष नहुँदा नहुँदै पनि भक्तपुर, धरान र चितवनमा कांग्रेसले जित्न सफल भएको सभापति देउवाले उल्लेख गर्नुभयो ।

उपनिर्वाचनमा भएको धाँधलीका बिषयमा कांग्रेसले थप अध्ययन गरिरहेको भन्दै उहाँले छानबिनका लागि निर्बाचन आयोगमा दबाब दिने समेत उल्लेख गर्नुभयो । देउवाले कांग्रेस नेता भीमबहादुर तामाङको योगदानको प्रशंसा गर्दै उहाँबाट सबैले त्याग, तपस्या र निष्ठाको राजनीति गर्न सिक्नुपर्ने बताउनुभयो । उहाँले साधारण व्यक्ति असाधारण व्यक्तित्वका धनि स्वर्गिय नेता भिमबहादुर तामाङ नेपाली राजनीतिका आदर्श पुरुष भएको उल्लेख गर्नुभयो ।

यसैबीच कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वीपी कोइरालाको सबै उपन्यासको करेक्सन भीमबहादुर तामाङले गरेको बताउनु भएको छ ।

सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, – ‘भीमबहादुर तामाङको अक्षर एकदमै राम्रो थियो । नेपाली पनि एकदम राम्रो थियो उहाँको । जेलमा रहँदा वीपीले लेख्नुभएका सबै उपन्यासको करेक्सन उहाँले नै गर्नुभएको हो ।’ महामन्त्री कोइरालाले तामाङ समाजवादी जीवन बाँच्ने नेता भएको पनि बताउनुभयो । भिमबहादुर तामाङ स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रम बर्मा लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल