दक्षिण एसियाली खेलकुदमा पहिलो दिन नै नेपाललाई १५ स्वर्ण

Advertisement

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत नेपालको स्वर्ण पदक संख्या १५ पुगेको छ । महिला टिम पुम्सेमा नेपालले अर्को स्वर्ण पदक जितेसँगै नेपालको स्वर्ण पदक संख्या १५ पुगेको हो ।

महिला टिम पुम्सेमा २३ देखि २९ वर्षसम्मको समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईको टोलीले श्रीलंकालाई हराउँदै नेपालले स्वर्ण पदक प्राप्त गरेको हो ।

नेपाली टोलीले ७.९२० स्कोर प्राप्त गरेको थियो भने श्रीलंकाले ७.८१० स्कोर प्राप्त गरेको थियो । कास्य पदक विजेता पाकिस्तानले ७.५२० स्कोर प्राप्त गरेको थियो ।

हालसम्म नेपालले जितेको स्वर्ण

तेक्वान्दोः पुरुष एकल पुम्से (२३-२९ वर्ष): कमल श्रेष्ठ, महिला एकल पुम्से (१७-२३ वर्ष): सिना मादेन लिम्बु, महिला पुम्से (२३–२९ वर्ष): पार्वती गुरुङ, महिला एकल पुम्से (२९ वर्षमाथि): आयशा शाक्य, पुम्से जोडीः आयशा शाक्य र सञ्जिव कुमार ओझा, महिला पुम्से टिम: निशा दर्नाल, स्वस्तिका तामाङ र संजिला तिमल्सिना (१७ देखि २३ वर्षसम्मको समूह), महिला पुम्से टिम: निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (२३ देखि २९ वर्षसम्मको समूह)

कराँतेः एकल काताः मन्डेकाजी श्रेष्ठ, महिला टिम काता, पुरुष टिम काता, पुरुष कुमुते ५५ केजीः लक्ष्मण तामाङ, पुरुष कुमुते ८४ केजीमाथिः विप्लवलाल श्रेष्ठ, महिला कुमुते ४५ केजीमाथिः कुशुम खड्का, कुमुते महिला ५० केजीमुनि: अनु अधिकारी,

ट्रायथ्लनः ट्राइथ्लन महिलाः सोनिका गुरुङ

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल