मेस्सीको निर्णायक गोलमा बार्सीलोना विजयी

Advertisement

कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा बार्सिलोना विजयी भएको छ । जारी ला लिगा अन्तरगत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई उसैको घरेलु मैदानमा १–० ले पराजित गरेको छ। खेलको ८६ औं मिनेटमा लुइस स्वारेजको पासमा मेस्सीले गोल गरेका हुन ।

उक्त जितपछि बार्सिलोना १४ खेलबाट ३१ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने समान अंक भएको रियल मड्रिड गोलअन्तरको कारण दोस्रो स्थानमा छ । एथ्लेटिको मड्रिड १५ खेलबाट २५ अंकसहित छैटौं स्थानमा छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल