तेह्रौँ सागः महिला टिम कातामा नेपाललाई स्वर्ण पदक

Advertisement

काठमाडौँ, १६ मङ्सिर । तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ ।

सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाले २४.८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तानले २३.३ अङ्क प्राप्त ग¥यो । नेपाली टिममा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की हुनुहुन्थ्यो ।

समूह चरणको खेलमा नेपालले २४.७४, बङ्गलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलङ्काको टिमले २२.२५ प्राप्त गरेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल