रोनाल्डोको गोलले युभेन्टस घरेलु मैदानमा हारबाट जोगीयो

Advertisement

खेलको ६८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले आफ्नो क्लवलाई हारबाट जोगाएका छन् । इटालियन सिरी ‘ए’ अन्तरगत आइतबार भएको खेलमा युभेन्ट्सले सासुओलोबिरुद्ध २-२ को बराबरी खेलेको छ । इन्टर मिलानले स्पाल बिरुद्ध दुई गोल गर्दै सिरी ‘ए’ को अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ भने शिर्ष स्थानमा रहेको युभेन्टस दोस्रो स्थानमा झरेको छ ।


खेलमा युभेन्ट्सले २० औं मिनेटमा लियोनार्दो बोनुचीको गोलबाट १-० को अग्रता लिन सफल भयो । तर अग्रता धेरै बेर टिक्न सकेन । २२औं मिनेटमा सासुओलोका जर्मी बोगाले गोल गर्दै खेल बराबरीमा पार्न सफल भए । त्यस्तै दोस्रो हाफको ४७औं मिनेटमा फ्रान्सिस्को क्यापुटोले गोल गर्दै सासुओलोलाई अग्रता दिलाए । खेलको ६८औं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल