धन कमाउने ६ सूत्र के के हुन् ? हेर्नुहोस् आजको नीति वचन [भिडियाेे ]

Advertisement

षड् दोषाः पुरुषेणेह हातव्या भूतिमिच्छिता ।
निद्रा तन्द्रा भयं क्रोध आलस्यं दीर्घसूत्रता ।।
–विदुर नीति, महाभारत


जसले निद्रा, तन्द्रा(उँघाई), भय, क्रोध, आलस्य र सुस्त पनलाई त्याग्न सक्छ उसैले संसारमा धन ऐश्वर्यको सुख भोग गर्दछ ।


मान्छेका छ वटा दोष महात्मा विदुरले बताएका छन् ः निद्रा, तन्द्रा (उँघाई), भय, क्रोध, आलस्य र सुस्त पन । जसले यी कुरा त्याग्न सक्छ उसैले संसारमा धन ऐश्वर्यको सुख भोग गर्दछ । अर्थात् धन ऐश्वर्य सम्पन्न हुन सर्वप्रथम निद्रालाई त्याग्न सक्नु पर्दछ । यसैगरी धन कमाउने अर्को सूत्र हो अल्छी पन त्याग्ने । जसले अल्छी गर्छ उसलाई लक्ष्मीको कृपा प्राप्त हुन सक्दैन । नहि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः भने झै सुतेको सिंहको मुखमा मृग आएर वसिदिदैनन् । स्वयं शिकार खोज्न हिँड्नु नै पर्छ । यसैगरी धन कमाउनेले भय अर्थात् डर पनि त्याग्न सक्नु पर्दछ । अर्थात् आँट गर्न नसक्नेले प्रशस्त धन आर्जन गर्न सक्देनन् । यसैगरी अल्छी पन पनि धनका निम्ति बाधक तत्त्व हो । यसलाई पनि त्याग्न सक्नु पर्दछ । यसैगरी धन कमाउने छैटौँ सूत्र हो सुस्त पनको त्याग । जो जागरुक हुन्छ उसले मात्र धन ऐश्वर्य प्राप्त गर्न सक्दछ । त्यसैले निद्रा, तन्द्रा(उँघाई), भय, क्रोध, आलस्य र सुस्त पनलाई त्यागी जागरुक बन्ने व्यक्तिले प्रशस्त धन आर्जन गर्न सक्दछन् भन्ने नीति वचन मननीय छ ।

–नारायणप्रसाद निरौला, ज्योतिषाचार्य –

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल