आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ मंसिर १६ गते {भिडियाे}

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको १६ गते सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० (एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ ।


सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको षष्ठी तिथि राति ९।३२ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । श्रवण नक्षत्र दिवा १।१३ बजेसम्म रहनेछन् । यसैगरी आज ध्रुव योग र कौलव करण रहेको छ । आनन्दादिमा सिद्धि योग रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।३९ मा छ भने सूर्यास्त बेलुका ५।६ बजे हुनेछ ।


चन्द्रमा आज मकर राशिमा छन् । आज सोमवार शिवजीको उपासना गर्ने उत्तम दिन हो । सेता वस्तुको प्रयोग आज शुभ रहनेछ । सोमवार शिवजीको प्रिय वार पनि भएकाले आज भगवान् पशुपतिनाथको उपासना शुभ फलदायी रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल