‘बेल्ग्रेभको छुकछुके रेल’ को लोकार्पण

Advertisement

काठमाडाडौँ, १५ मंसिर । कवि, गजलकार तथा मुक्तककार वियोगी बुढाथोकीको दोस्रो नियात्रा सङ्ग्रह ‘बेल्ग्रेभको छुकछुके रेल’ मंसिर १४ गते एक समारोहका बीच काठमाडौमा लोकार्पण गरिएको छ ।


नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, नियात्राकार चन्द्रप्रसाद भट्टराई, समीक्षकद्वय ज्ञानु अधिकारी, डा. नारायण चालिसे, प्रकाशक प्रोल्लास सिन्धुलीय र कृतिकार वियोगी बुढाथोकीले संयुक्त रूपमा कृति सार्वजनिकीकरण गर्नुभएको थियो ।
प्रमुख अतिथि उप्रेतीले नियात्रा पढ्दा आफूलाई आनन्द लागेको र पढौं–पढौं लाग्ने किसिमको भएको मन्तव्य राख्नुभएको थियो । समीक्षक ज्ञानु अधिकारीले नियात्राभित्र प्रवेश गरेपछि पूरा नपढी छोड्नै नसकिने प्रभाव पाएको र मार्मिक खालका अभिव्यक्तिहरूले मनभित्र जिज्ञासाका छाल उमारेको अनुभव गरेको बताउनुभयो ।


त्यसै गरी डा. नारायण चालिसेले काठमाडौंबाट बिदा भएदेखि अष्ट्रेलियाबाट यता फर्किंदा सम्मका स्मरणयोग्य, चित्रणयोग्य कुराहरूलाई कृतिमा समेटिएको र निजात्मक अनुभूति गहिरोसँग परेको बताउनुभयो । छातीमा देशको नक्सा, मनमा राष्ट्रिय झण्डाप्रतिको आस्था, झोलामा किताब र हातमा कलम र डायरी बोकेर निरन्तर साहित्यको सेवामा समर्पित सर्जकबाट सिर्जिएको यो नियात्रा धेरै दृष्टिले महत्वपूर्ण रहेको कार्यक्रमका सभापति चन्द्रप्रसाद भट्टराईले बताउनुभयो । प्रकाशक प्रोल्लास सिन्धुलीय र सर्जक वियोगी बुढाथोकीले पनि नियात्राका बारेमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन बाबु त्रिपाठीले छरितो ढङ्गले गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल