कृष्ण प्रधानको ‘रङहरुको पहाड’ लोकार्पण

Advertisement

काठमाडौँ, १५ मंसिर । कवि तथा समालोचक कृष्ण प्रधानको नविनतम कृति रङहरुको पहाड आज मङ्सिर १४ गते एक समारोहकाबिच काठमाडौंमा विमोचन गरिएको छ ।

प्रमुख अतिथि कसैलाई नतोकिएको उक्त सभामा कवि विष्णुविभु घिमिरे, नाटककार अशेष मल्ल,कवि विश्वविमोहन श्रेष्ठ, कथाकार किशोर पहाडी, समालोचक गोपीकृष्ण सर्मा,नियात्राकार रामप्रसाद पन्त,साहित्यकार सुवसेन, कलाकार विपिन घिमिरे, प्राज्ञ विवश पोखरेल, कथाकार भागीरथी श्रेष्ठ तथा साहित्यकार कृष्ण धरावासीले सामूहिक रुपमा उक्त कृतिको विमोचन गर्नुभएको थियो । पूर्वाञ्चल साहित्य प्रतिष्ठानबाट प्रकाशित सो कृतिको विमोचन दायित्व वाङ्मय प्रतिष्ठानद्वारा बुढानिलकण्ठ ८ स्थित आफ्नो नवनिर्मित पुस्तकालय कक्षमा गरिएको थियो ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त समारोहमा कवि ठाकुर सर्मा र,गोकुल अधिकारीले कवि प्रधान कुशल सम्पादक समेत हुनुभएको र नेपाल रास्ट्र बैङ्कमा रहदा मिर्मिरे साहित्यिक पत्रिकालाई उच्च स्तरको तुल्याउन सफल हुनुभएको कुरा उल्लेख गर्नुभयो ।

साहित्यकार कृष्ण धरावासीले विमोचित कृति माथि समीक्षा गर्दै कृष्ण प्रधान कुशल समीक्षक समेत भएकाले त्यसतर्फ पनि उनको कलम अगाडि बढ्नुपर्ने बताउनुभयो । कविहरु विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी र कृतिकार कृष्ण प्रधान स्वयंले सो कृतिबाट एक एकवटा कविता वाचन गर्नुभएको थियो ।

समारोहमा कवि विष्णुविभु घिमिरे र भागीरथी श्रेष्ठले कवि प्रधानका कविता प्रतीकात्मक र समसामयिक रहेको वताउनुभयो । उक्त कृतिभित्र कवि प्रधानका एक्काइसवटा कविता समावेश छन् । कवि प्रधानका साहित्यिक विधाका १४ वटा तथा आर्थिक एवम् बैकिङ क्षेत्रसँग सम्बन्धित तीनवटा कृति प्रकाशित भैसकेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल