आज विवाहपञ्चमी, महिमासहित हेर्नुहोस् आजको दिन २०७६ मंसिर १५ गते (भिडियो)

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको १५ गते आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० (एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको पञ्चमी तिथि राति ८।१३ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । उत्तराषाढा नक्षत्र बिहान ११।३२ बजेसम्म रहनेछन् । यसैगरी आज वृद्धि योग र बब करण रहेको छ । आनन्दादिमा मूसल योग रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।३८ मा छ भने सूर्यास्त बेलुका ५।६ बजे हुनेछ ।


चन्द्रमा आज मकर राशिमा छन् । आज विवाहपञ्चमी । मंसिर शुक्ल पञ्चमीलाई विवाहपञ्चमी भनिन्छ । त्रेतायुगमा आजकै तिथिमा जनकपुरको विवाह मण्डपमा भगवान् श्रीराम र सीता माताको शुभ विवाह सम्पन्न भएको थियो । यस पुण्य दिनलाई हर्षोल्लासको पर्वका रूपमा मनाउने परम्परा सोही समयबाट आरम्भ भएको हो । विशेषतः आज जनकपुरमा रामजानकी विवाह उत्सवका साथै भव्य मेला लाग्ने गर्दछ । अयोध्याबाट प्रतिनिधिस्वरूप वर लिएर आउने र जनकपुरमा भव्य विवाहोत्सव गरिने परम्परा विगत लामो समयदेखि चलिआएको छ ।


मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको शुभ विवाह भएको अवसर आज पुण्य कर्म गर्नका निम्ति पनि शुभ रहनेछ । आज भगवान् श्रीरामका लीलाचरित्र गानका साथै श्रीरामचरित्रमानस एवं रामायण पाठ पनि शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल