कस्तो धनले सुख दिँदैन ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

परस्य पीडया लब्धं धर्मस्योल्लंघनेन च ।
आत्मावमानसंप्राप्तं न धनं तत् सुखाय वै ।।
– महाभारत

अरुलाई दुःख दिएर, धर्म उल्लङ्घन गरेर र आफैले अपमान सहेर कमाएको धनले सुख दिँदैन ।


धन कमाउँदैमा उक्त धनले सुख नै दिन्छ भन्ने छैन । सामान्यतः धनलाई दुःखकै कारण मानिएको छ । विशेषगरी अरुलाई दुःख दिएर कमाएको धनले जीवनमा सुख नदिने महाभारतमा व्यसजीले बताउनुभएको छ । यसैगरी स्वधर्म छोडेर कमाइएको धनले पनि जीवनमा सुख प्राप्त हुँदैन । स्वधर्म भनेको सत्यको मार्ग हो । निष्ठाको व्यवहार हो । ढाँटी छली गरेर कमाएको धनले जीवनमा केवल दुःख मात्र दिन्छ । यसैगरी आफ्नै अपमान सहेर कमाएको धनले पनि जीवनमका सुख नदिने भएकाले अरुलाई दुःख नदिई, स्वधर्मको पालन गरेर सम्मानका साथ कमाएको धनले नै जीवनमा सुख प्राप्त हुन्छ भन्ने महाभारतको नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल