आज शनिवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ मंसिर १४ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको १४ गते शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको चतुर्थी तिथि बेलुका ७।२२ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । पूर्वाषाढा नक्षत्र बिहान १०।१९ बजेसम्म रहनेछन् । यसैगरी आज गण्ड योग र वणिज करण रहेको छ । आनन्दादि योगमा मातङ्ग रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।३७ मा छ भने सूर्यास्त बेलुका ५।६ बजे हुनेछ ।


चन्द्रमा आज धनु राशिमा छन् । आज शनिवार शिवजीको उपासनाका साथै पिपलमा जल अर्पण शुभ रहनेछ । शनिजन्य दोष निवारणका निम्ति आज ॐ शं शनिश्चराय नमः भन्ने मन्त्र जप पनि शुभ रहनेछ । यसैगरी आज बिहान ७।८ बजेदेखि बेलुका ७।२२ बजेसम्म भद्रा रहनेछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल