गजल

Advertisement

आक्षेपको आगो नबाल्नु पर्थ्याे
मनभरि पाप नपाल्नु पर्थ्याे

प्यासकै कारण पानी मागेको हुँ
बित्थामा शङ्काले नचाल्नु पर्थ्याे

घाम डुब्दै गर्दा मन डुबेथ्यो
डुब्नेप्रति मन नफाल्नु पर्थ्याे

कहिले रिन खाएँ पत्तै भएन
शङ्काको भरमा नढाल्नु पर्थ्याे

शङ्कालु वर्षाले निथु्रक्क भिजेँ
नुन छर्किएर नगाल्नु पर्थ्याे।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल