गीत

Advertisement


खोजी हेर देशको माटो पारि किनार पुग्यो कि ?
छोई हेर छेउफेरो, पराई पाउ पर्यो कि ?

ढलपल कतै पनि नहोस् जङ्गेपिलर
जसै छन् अविचल, अग्ला हिमशिखर
गनी हेर खम्बा ती, कहीँ कुनै हरायो कि ?
छोई हेर छेउफेरो, पराई पाउ पर्यो कि ?

स्वाधीनताको. साँध, हाम्रो पुर्खाको शान
सीमाना हो सार्वभौम, नेपालीको प्राण
छामी हेर मुटुलाई, रगत पो सेलायो कि ?
छोई हेर छेउफेरो, पराई पाउ पर्यो कि ?

(साभार : मधुपर्क, पूर्णांङ्क ५१५, वैशाख २०६९)

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल