भूकम्पपीडितलाई किस्ता लिने समय थप

Advertisement

काठमाडौं, १३ मंसिर। । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अझैसम्म अनुदान सम्झौता नगरेका भूकम्पपीडित लाभग्राहीलाई पहिलो र दोस्रो किस्ताबापतको रकम लिन थप अवसर प्रदान गरेको छ ।

प्राधिकरणको कार्यकारी समितिको बैठकले तोकेको समयमा घर पुनःनिर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएमा अनुदान उपलब्ध गराउन सक्ने निर्णय गरेको हो ।

प्राधिकरणले गत असार २१ गतेसम्म सम्झौता नगरेका र असार मसान्तसम्म पनि पहिलो किस्ता नलिई बसेका लाभग्राहीलाई यस्तो अवसर दिएको जनाएको छ । लाभग्राहीले घर पुनःनिर्माणको सुनिश्चितता गरी स्थानीय तहबाट सिफारिस ल्याएर जिल्ला आयोजना कार्यान्वयन एकाइबाट अनुदान प्राप्त गर्न सक्ने छन् ।

यसरी लाभग्राही कायम भएकाले पहिलो किस्ता आगामी पुस मसान्तभित्र र दोस्रो किस्ता माघ मसान्तसम्म लिइसक्नुपर्ने सर्त पनि प्राधिकरणले राखेको छ । प्राधिकरणले यसअघि सयमसीमा तोकी अनुदान सम्झौता गर्न र किस्ता लिन आग्रह गर्दै आएको थियो । दोस्रो किस्ता लिने समय कात्तिक मसान्तसम्म तोकिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित जिल्लाका सांसद, स्थानीय तहका जनप्रतिनिधि र लाभग्राहीको आग्रहका आधारमा पुनः एक पटक अवसर दिइएको प्राधिकरणले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्राधिकरणले एकीकृत बस्तीका लाभग्राही, बस्ती स्थानान्तरण गर्नुपर्ने लाभग्राही, भूमिहीन लाभग्राही, जोखिम वर्गका लाभग्राही, काठमाडौँ उपत्यकाभित्रका लाभग्राही तथा छुट तथा पुनः जाँच सर्वेक्षणको लगत विश्लेषणबाट कायम हुने लाभग्राहीबारे फरक समयसीमा निर्धारण गरेको हो । त्यसअनुसार आगामी पुस मसान्तभित्र लाभग्राही कायम गर्ने एवं टुङ्गो लगाउने, माघ मसान्तसम्म पहिलो किस्ता लिइसक्नुपर्ने, २०७७ वैशाखभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने र असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल