जापानबाट वर्षासँग अमेरिका उडे अनमोल

Advertisement

आइतबार जापानमा भएको ‘सूर्य इन्टरनेशल अवार्ड’ मा चलचित्र ‘क्याप्टेन’ बाट पपुलर अभिनेताको अवार्ड जितेका अनमोल केसी र चलचित्र ‘गोपी’ बाट सह(अभिनेत्रीको अवार्ड जितेकी अभिनेत्री वर्षा राउत अमेरिका पुगेका छन् । उनीहरु जापानबाट सिधै अमेरिका उडेका हुन् । नोभेम्बेर ३० तारिखमा हुन लागेको ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन उनीहरु अमेरिका पुगेका हुन् ।

वर्षाले जापानको विमानस्थालमा अनमोलसँग बसेको एक तस्विर इन्स्टाग्राम स्टोरीमा साझेदार गरेकी छन् । तस्विरमा दुबै खुसी मुद्रामा देखिएका छन् । अनमोल यसअघि पनि यो अवार्डमा सहभागी हुनका लागि अमेरिका पुगेका थिए । वर्षाले भने पहिलो पटक ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागिता जनाउँदैछिन् । अमेरिकामा बर्कली शहरमा अवस्थित युसी थिएटरमा अवार्ड हुँदैछ ।

अनमोल र वर्षासँगै अभिनेता भुवन केसी पनि अवार्डमा सहभागी हुन जापानबाटै अमेरिका उडेका छन् । अवार्डमा भाग लिनका लागि नेपालबाट निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईं पनि अमेरिका उडिसकेका छन् । राजेश हमाल, शिव श्रेष्ठ, नीर शाह, नम्रता श्रेष्ठ, केकी अधिकारी, रीमा विश्वकर्मा, सन्ध्या केसी पनि अवार्डमा सहभागी हुनका लागि अमेरिकामा जाने बताइएको छ ।

ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको मुख्य आयोजनामा हुन ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुन लागेको हो । कार्यक्रममा नेपालबाट जानेचर्चित कलाकारहरू र अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुले अवार्डको गरिमा बढाउन आ(आफ्नो कला प्रस्तुत गर्ने बताइएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल