धादिङको गल्छीमा विशेष सांस्कृतिक कार्यक्रम हुँदै

Advertisement

धादिङ ७ मंसिर । धादिङको गल्छी गाउँपालिका ८ को छाङ्गेश्वर महादेव तथा छाङ्गादेवी मन्दिरमा विशेष सांकृतिक कार्यक्रम हुने भएको छ । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका अवसरमा यहि मंसिर ८ गते साँझ साँस्कृतिक कार्यक्रम हुने भएको हो । धर्म, लोक सँस्कृती र चाडपर्व हाम्रो पहिचान यिनको संरक्षण र सम्वर्धन गर्ने हाम्रो मुल अभियान भन्ने नाराका साथ बाला चतुदर्शीको अवसर विशेष साँस्कृतिक कार्यक्रम गर्न लागिएको श्री छाङ्गेश्वर महादेव मन्दिर र छाङ्गादेवी मन्दिर स्थान संरक्षण तथा पर्यटन विकास समितिका सचिव पेशल श्रेष्ठले जानकारी दिनुभयो ।

छाङ्गेश्वर महादेव तथा छाङ्गादेवी मन्दिर संरक्षण तथा पर्यटन विकास समिती र गल्छी साँस्कृतिक कार्यक्रम समितीको संयुक्त आयोजनामा छाङ्गेश्वर महिला कृषी सहकारी संस्था र पशुपत् शान्ति भुमि नेपाल सहआयोजना र उज्यालो युवा समाजले सहयोगमा हुन लागेको कार्यक्रममा कलाकार कमला घिमिरे र अमृत सापकोेटाको समुहको प्रस्तुती रहनेछ । यस्तै कलाकार मनोज थापा, जमुना आचार्य, उदय पौडेल, विकास घिमिरे सहित अन्य स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।

त्यसो त त्रियोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन् । त्यस्तै उपत्यकाका पशुपतिसँगै गोकर्णेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छर्ने गर्दछन् । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल