इजरायली प्रधानमन्त्री नेतान्याहुमाथि लाग्यो भ्रष्टाचारको आरोप

Advertisement

काठमाडौं, ६ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको आरोप लागेको छ । महान्यायाधिवक्ताले प्रधानमन्त्री नेतन्याहुमाथि घुस लिएको, जालझेल गरेको, निष्ठा भंग गरेको अभियोग लगाएका छन्।

नेतन्याहुमाथि धनी व्यापारीले दिएको उपहार स्वीकार गरेको र आफ्नो पक्षमा सकारात्मक समाचार प्रवाहका निम्ति पक्षधरता लिएको समेत आरोप छ।
नेतान्याहुले भने आफूमाथि लागेका आरोपहरु कू गर्ने प्रयास भएको भन्दै गलत भावनाबाट सो प्रक्रिया प्रेरित रहेको आरोप लगाएका छन् । नेतान्याहुले आफूले पदबाट राजीनामा नदिने र कानुनी रुपमा पनि राजीनामा दिन बाध्य नरहेको उनको भनाई छ ।

उनले अधिकारीहरू सत्यको पछि भन्दा आफ्नो पछि लागेको भन्दै अनुसन्धानकर्तामाथि नै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले आफूले गह्रुँगो मनले निर्णय लिएको भन्दै त्यसबाट इजरायलमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि नरहेको देखाएको टिप्पणी गरेका छन्।

उनले भने, ‘कानुनको कार्यान्वयन छनोट होइन, वामपन्थी वा दक्षिणपन्थीको विषय होइन्। यो राजनीतिक विषय पनि होइन्।’

महान्यायाधिवक्ताको घोषणा अप्रिल र सेप्टेम्बरमा भएको अनिर्णित चुनावपछि उत्पन्न राजनीतिक गतिरोध कायमै रहेका बेला आएको छ। बुधबारमात्र नेतन्याहुका प्रतिस्पर्धी बेनी गन्ट्सले संसद्‍मा बहुमतसहितको गठबन्धन सरकार बनाउन आफू विफल भएको बताएका थिए।
त्यसअघि नै नेतान्याहु सरकार गठन गर्न बिफल भएका थिए । राष्ट्रपति रूभेन रुबिभ्लिनले सांसदहरूलाई २१ दिनभित्र प्रधानमन्त्रीको उम्मेदवारमा सहमति जुटाएर एक वर्ष्भित्र तेस्रो निर्वाचनको सम्भावना रोक्न आग्रह गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल