श्रीलंकाली राष्ट्रपति नेपाल आउन इच्छुक

Advertisement

काठमाडौं, ४ मंसिर ।

श्रीलंकाका नवनिर्वा्चित राष्ट्रपति गोटाबय राजापाक्षेले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट हुने बताउनुभएको छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग श्रीलंकनको मनमस्तिष्क जोडिएकाले छिट्टै प्रम ओलीसँग भेट हुने उहाँको भनाइ छ ।

राष्ट्रपति निर्वा्चित भएलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत दिनुभएको बधाईमा जवाफ दिँदै गोटाबयले नेपालबारे यस्तो प्रतिक्रिया दिनुभएको हो ।

साथै उहाँले निस्क्रिय अवस्थामा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउनेमा जोड दिनुभएको छ ।

‘सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु।’ –प्रम ओलीलाई रिट्विट गर्दै गोटाबयले भन्नुभएको छ ।

गत शनिबार सम्पन्न निर्वाचनमा गोटाबय राष्ट्रपतिमा निर्वा्चित हुनुभएको थियो। दुई मुलुकको बहुआयामिक सम्बन्ध अझ नजिक बनाउन आफू इच्छुक भएको बताउँदै प्रम ओलीले सोमबार उहाँलाई बधाई सन्देश पठाउनुभएको थियो ।

सार्वजनिक निर्वाचन परिणामअनुसार प्रतिद्वन्द्वी सुजिथ प्रेमदासालाई करिब १३ लाख मतान्तरले पराजित गर्दै आगामी पाँच वर्षका लागि राष्ट्रपति निर्वा्चित हुनुभएको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल