सीमा अतिक्रमणको विरोधमा मसाल जुलुस निकाल्‍ने नेविसंघ कार्यकर्ता पक्राउ

Advertisement

काठमाडौं, २ मंसिर । नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा राजधानीको बालाजु क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीले अवरोध गरेको छ। सो क्रममा प्रहरीले नेविसंघका २१ नेता कार्यकर्तालाई पक्राउ गरेको खबर प्राप्त भएको छ ।

भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघका निवर्तमान केन्द्रिय सदस्य शुशिल भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

विद्यार्थी नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे,विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह , राजन बुर्लाकोटी, मनोज राना, प्रशान्त लामिछाने, महेश्वर पौडेल, जगदिश थापा, ईश्वर थापा, ध्रुव अधिकारी,सन्तोष खलाल,भिम अधिकारी,रस गुरुङ,भानुभक्त उपाध्याय, अशोक क्षेत्री महानगरीय प्रहरी वृत बालाजुमा थुनामा राखेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल