‘१४ गते राजनीतिक रुपमा मेरो पूनर्जन्म’

Advertisement

– देविका नेपाली-


भमके दाङ , १४ मंसिर । सँधैजसो प्रसन्न मुद्रामा देखिने काँग्रेस उम्मेद्वार आचार्यले १४ वर्षको उमेर देखि नै जानेर बुझेर वा नजानेर नबुझेरै राजनीतिमा पाइला राखे । उन्को जन्म पनि २०१४ सालमा भएको हो । काँग्रेस उम्मेदवार आचार्य भन्छन् यो १४ गते मेरो राजनीतिक तहमा पूनर्जन्म हुँदैछ ।

आसन्न उप निर्वाचनमा प्रदेश ५ अन्तरगतको दाङको क्षेत्र नं. ३ (२) का उम्मेद्वार केशवराज आर्चायले आफ्ना मतदातालाई आफुलाई मंसिर १४ गते सम्म साथ दिन आग्रह गर्दै १४ गतेपछि आँफुले जनतालाई साथ दिने वाचा गर्दै रुख चिन्हमा मतदानका लागि अपिल गरिरहेका छन् ।

लामो राजनीतिक यात्राको आरोह अवरोह छिचोल्दै प्रदेश तहको उप निर्वाचनमा उम्मेद्वार बनेका आचार्य जिल्लामा निष्ठावान सिद्धान्तवादी नेतका रुपमा परिचित छन् । नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा केन्द्रिय सदस्यका लागि समेत प्रतिष्पर्धा गरेका आचार्यले आफ्ना मतदाताहरुको अमुल्य मतलाई कुनै पनि मूल्यमा निरास बन्न नदिने बताइरहेका छन् । मतदाताहरुको अमुल्य मतलाई म मतदाताहरुका इच्छा चाहना पुरा गराउने बाटोमा सदुपयोग गर्नेछु ।

नेपाली काँग्रेसले उम्मेद्वार बनाएका केशव आचार्य संगठनमा कुशल ब्यक्तित्व भएकाले पार्टीको जिल्ला नेतृत्व चुनाव जित्नेमा ढुक्क भएको देखिन्छ । हरेक दिन जसो सयौं अन्य दलका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरिरहेकाले चुनावी अभियानमा उत्साह थपिंदै गईरहेको छ ।
वि.सं. २०२९ साल देखि राजनीतिमा होमिएका चरित्रवान छवि बनाएका काँग्रेस उम्मेद्वार आचार्यको राजनीतिक यात्रा ४७ वर्ष लामो छ ।

पञ्चायति ब्यवस्थाका विरुद्ध प्रजातन्त्रको पक्षमा आन्दोलित भएका दगांलि जनताको विश्वास उनिमाथि रहेको दाङका राजनीतिक विश्लेषकहरुको विश्लेषण छ ।

देशको राजनीतिक मियोंमा प्रजातन्त्रको पक्षमा उर्वर भूमि मानिने दाङमा स्थापीत विभिन्न दलका नेतृत्वहरु उनको उम्मेद्वारीलाई एकै स्वरमा मौन रुपले समर्थन गरिरहेकाले चुनावी प्रचार प्रसारको माहोल दिन प्रतिदिन उत्साहजनक रुपमा अघि बढीरहेको स्थानीय सञ्चारमाध्यमका दैनिक रिर्पोटहरुले देखाइरहेका छन् ।

नेपाली काँग्रेसको दाङमा संगठन बनाउन महत्वपूर्ण भूमिका खेलेका आचार्य लोकप्रिय नेताको कोटिमा पर्दछन् । उच्च राजनीतिक संस्कारलाई आत्मसाथ गर्ने आचार्यले मेलमिलापको माध्यमबाट नै देशलाई समृद्ध बनाउन सक्ने बताउँदै आइरहेका छन् । तर चुनावमा स्वच्छ प्रतिष्पर्धाले लोकतन्त्रलाई बलियो बनाउने विचार उनका चुनावी भाषणहरुमा पाइन्छ । काँग्रेसका संस्थापक नेता बि.पी. कोइरालाका साथमा वणारसमा बसेर समेत दाङको संगठन निर्माण गर्ने कठिन यात्रा आचार्यले पुरा गरेका छन् ।

खासगरी जनजिविका र विकासका काममा अहोरात्र खटिने जिल्लाका लोकप्रिय नेताको नाममा पर्ने आचार्यको प्रतिष्पर्धा कसैसँग नरहेको दाङका राजनीतिक वृत्तमा चर्चा भइरहेको पाइन्छ ।
२०३६ सालको जनमत संग्रहमा उल्लेख्य भुमिका निर्वाह गरेका आर्चायको उच्च मुल्याकंन गर्दै तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले उनलाई महासमिति सदस्य मनोनित गरेका थिए ।

साधारण जिवन शैली अपनाउँदै राजनीतिमा निरन्तर संर्घषरत आचार्यको पक्षमा मतदान गर्ने आम मतदाताहरुले सकारात्मक प्रतिक्रियाहरु दिइरहेको विषय दागंका स्थानीय सञ्चार माध्यममा समाचार सामग्रिका रुपमा विश्लेषण भइरहेका छन् ।

नेपाली काँग्रेस दागंको उपसभापति रहिसकेका आचार्य कलवलगुढी महाधिवेशनपछि लगातार महासमिति सदस्य रहँदै आएका छन् । जिल्लाको संगठन विभाग प्रमुख जस्तो गहन जिम्मेवारी वहन गरिसकेका आचार्यको उम्मेद्वारीलाई पार्टी भित्रै पनि न्याय भएको भन्ने कुरामा जिल्ला तहका नेताहरु एकमत भएका देखिन्छन् ।

नेपाली काँग्रेस दाङको नेतृत्व तह केशव आचार्यको स्वच्छ छविले पार्टीलाई जनता माझ मत माग्न थप बल पुगेको बताइरहेका छन् । नेपाली काँग्रेस दागंका सभापति कृतिबहादुर खड्का आफ्ना उम्मेद्वारको विषयमा खोट लगाउने कुनै कुरा नभएकोमा गर्व गर्छन् ।

नेपाली काँग्रेसको गढका रुपमा चिनिने दंगीशरण गाऊँपालिका वडा नं. ५ सलौराका स्थायी वासिन्दा आचार्य देशमा चलेको सशस्त्र युद्धका दौरान पनि स्थानीय स्तरमा आफ्नो राजनीतिक गतिविधिमा सक्रिय थिए । तत्कालिन माओवादीबाट अपहरणमा समेत परेका आचार्यले आफ्नो राजनीतिक आस्था र सिद्धान्तमा कुनै सम्झौता नगरेपछी स्थानीय जनताको दवाावमा माओवादीले उनलाई विना शर्त रिहाई गरेका थिए ।

चुनावी सभा, कार्यक्रम, भेटघाट र घरदैलोमा एका विहानैदेखि निस्कने काँग्रेस उम्मेद्वार आचार्यलाई पश्चिम दाङका जनताको साथले थप उत्साही बनाएको छ । नेकपाका तत्कालिन प्रदेश सभा सदस्य उत्तर कुमार ओलिको सडक दूर्घटनामा मृत्यु भएपछी दाङमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल