लोभ के हो ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

लोभमूलानि पापानि संकटानि तथैव च ।
लोभात्प्रवर्तते वैरं अतिलोभात्विनश्यति ।।
– संस्कृत सुभाषितम्

लोभ पापको मूल कारण हो । सम्पूर्ण संकट निम्त्याउने लोभले शत्रुता पनि बढाउँछ । त्यसैले अति लोभ गर्नु हुँदैन किनकि यसले विनाशको बाटो निम्त्याउँछ ।

लोभ पापाको मूल कारण हो । यसले अनेकौँ संकट निम्त्याउने गर्दछ । यसैगरी एक आपसमा वैरभाव निम्त्याउने प्रमुख कारण नै लोभ भएकाले अतिलोभ त्याज्य मानिएको छ । लोभले लाभ, लाभले विलाप भनेजस्तै क्षणिक लाभ भएक पनि लोभको अन्तिम परिणाम भनेको विलाप नै हो । त्यसैले लोभलाई पापको कारण बताइएको हो । लोभले विनाशको बाटो पहिल्याउने भएकाले लोभ गर्नु हुँदैन भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल