आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ मंसिर २ गते

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको २ गते सोमवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष कृष्णपक्षको षष्ठी तिथि दिवा ३।४७ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । पुनर्वसु नक्षत्र राति २०।५१ बजेसम्म रहनेछन् । यसैगरी आज शुक्ल योग र भद्रा करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।२८ मा छ भने सूर्यास्त बेलुका ५।९ बजे हुनेछ ।


चन्द्रमा आज कर्कट राशिमा छन् । आज सोमवार शिवजीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल