आज मंसिरसंक्रान्ति, सूर्य वृश्चिक राशिमा हेर्नुहोस् आजको दिन २०७६ मंसिर १ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको १ गते आइतवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष कृष्णपक्षको पञ्चमी तिथि बेलुका ५।२५ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । पुनर्वसु नक्षत्र राति २०।५१ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग र गर करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।२७ मा छ भने सूर्यास्त बेलुका ५।९ बजे हुनेछ ।


चन्द्रमा आज मिथुन राशिमा छन् । आज मंसिर संक्रान्ति हो । आजबाट सूर्य वृश्चिक राशिमा प्रवेश गरेका छन् । यसैगरी आजबाट हेमन्त ऋतुको पनि आरम्भ भएको छ । हेमन्त ऋतुमा जाडोको मात्रा बढ्ने गर्दछ । संक्रान्ति दान पुण्यकमर्म गर्नका निम्ति उत्तम मानिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल