‘सहकारी प्रदेशको आर्थिक समृद्धको यात्रामा सहभागी हुनुपर्ने’

Advertisement

विराटनगर, ३० कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धियात्रामा सहकारी प्रत्यक्ष सहभागी हुनुपर्ने बताउनुभएको छ । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिको २१ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले छरिएर रहेका पूँजीलाई एकत्रित गरी कृषिको व्यावसायिकरण, आधुनिकीकरण र रोजगारी सिर्जना गरी प्रदेशलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिन आग्रह गर्नुभयो ।

उहाँले मुलुकको आर्थिक समृद्धको एउटा खम्बाका रुपमा रहेको सहकारीले जनताको विकास र समृद्धको चाहनालाई पूरा गर्न प्रदेश सरकारसँग हातेमालो गरी हिँड्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले सहकारीलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि ल्याएको सहकारी ऐनको चर्चा गर्दै अब चाँडै बन्ने नियमावली व्यवस्थाबाट उत्पादनमुखी र रोजगारी सिर्जनामा यसको प्रभावकारी कार्यान्वयनले ठोस रुप लिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रदेश सरकारले विकास र समृद्धका लागि गर्न लागेको लगानी सम्मेलनमा पेश गर्ने विभिन्न परियोजनाका विस्तृत अध्ययन प्रतिवेदनमा(डिपिआर)मा सहकारी पूँजी लगानीका लागि स्पष्ट छनोटको प्रस्ताव गरेको जानकारीसमेत गराउनुभयो । सहकारीका अध्यक्ष जीवन काफ्लेले आव २०७६/७७ का लागि रु ३३ करोडको आयव्ययको प्रतिवेशन पेश गर्नुभयो भने आव २०७५/७६ मा रु ४६ करोडको कारोवार, रु २१ करोड निक्षेप सङ्कलन, रु २३ करोड ऋण लगानी र रु ३१ खुद मुनाफा भएको जानकारी दिनुभयो ।

सोही अवसरमा मुख्यमन्त्री राईले सहकारीको आर्थिक विकासमा योगदान दिनु हुने रमेश पोखरेललाई दधिराम दाहाल सहकारी पुरस्कारबाट सम्मानित गर्नुभयो । यसैगरी उहाँले सहकारीका ज्येष्ठ सदस्य, सहकारी सदस्यका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गरेकामा सम्मान गर्नुभयो । विसं २०५५ मा स्थापना भएको उक्त सहकारीमा ६३१ महिलासहित एक हजार ५८१ शेयर सदस्य छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल