आज शनिवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ कार्तिक ३० गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको ३० गते शनिवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरदऋतुअन्तर्गत मार्गशीर्ष कृष्णपक्षको चतुर्थी तिथि बेलुका ६।४१ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । आद्र्रा नक्षत्र राति ११।३३ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र बब करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।२६ मा छ भने सूर्यास्त बेलुका ५।१० बजे हुनेछ ।


चन्द्रमा आज मिथुन राशिमा छन् । आज शनिवार ंशिवजीको उपासनासँगै पिपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछ । यसैगरी आज कार्तिक महिनाको मासान्त पनि हो ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल