काममा खटिएको वेला कर्मचारीको मृत्यु भए परिवारलाई १० लाख नगद, बहुविवाह गरे पेन्सन नपाउने

Advertisement

काठमाडौं, २८ असाेज– सरकारले सरकारी काममा खटिएको वेला मृत्यु हुने कर्मचारीको परिवारलाई १० लाख नगद दिने भएको छ । 

कामको सिलसिलामा द्वन्द्व वा कुनै प्रकोपमा परेर मृत्यु भएमा मात्र होइन, अन्य वेला जुनसुकै कारणले मृत्यु भएमा पनि निजको परिवारलाई पाँच लाख नगद दिने सहमति राज्य व्यवस्था समितिमा भएको छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवा विधेयकबारे भएको छलफलमा सो सहमति जुटेको हो । 

विधेयकमा ‘नेपाल सरकारले खटाएको कार्यसम्पादन गर्ने सिलसिलामा द्वन्द्व, दुर्घटना वा प्रकोपमा परी योगदानमा आधारित निवृत्तभरण पाउने कुनै निजामती कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट १० लाख थप आर्थिक सहायता उपलब्ध गराइने’ उल्लेख छ ।

बहुविवाह गर्नेले पेन्सन नपाउने

त्यसैगरी, बहुविवाह गर्ने कर्मचारीले भने पेन्सन सुविधा नपाउने सहमति पनि भएको छ ।

बहालवाला कर्मचारीको मृत्यु भएमा विधुर पति वा पत्नीलेसमेत पेन्सन पाउने व्यवस्था विधेयकमा छ ।

निजामती कर्मचारीको पेन्सन पाइरहेको विधुर पति वा विधुवा पत्नीको मृत्यु भएमा वा निजले अर्को बिहे गरेमा त्यस्तो निजामती कर्मचारीको छोरा–छोरीलाई २१ वर्ष उमेर पूरा नभएसम्म सरकारले पेन्सन उपलब्ध गराउने छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल