आज बुधबार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ कार्तिक २७ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको २७ गते बुधवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरदऋतुअन्तर्गत मार्गशीर्ष कृष्णपक्षको प्रतिपदा तिथि बेलुका ७।४४ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । कृत्तिका नक्षत्र राति १०।५९ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र बालव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।२४ मा छ भने सूर्यास्त बेलुका ५।११ बजे हुनेछ ।

चन्द्रमा आज वृष राशिमा छन् । आजबट मार्गशीर्ष कृष्णपक्षको आरम्भ भएको छ । आज बुधबार विष्णु भगवान्को उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल