आज शिववैकुण्ठचतुर्दशीव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ कार्तिक २५ गते

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको २५ गते सोमवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरदऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको चतुर्दशी तिथि बेलुका ५।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । अश्विनी नक्षत्र राति ८।११ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र भद्रा करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।२२ मा छ भने सूर्यास्त बेलुका ५।१२ बजे हुनेछ ।


चन्द्रमा आज मेष राशिमा छन् । आज शिववैकुण्ठचतुर्दशीव्रत परेको छ । आज शिवजीको उपासना गर्नाले अभीष्ट फल प्राप्त हुने गर्दछ । सोमवार चुतुर्दशी तिथि शिव उपासनाका निम्ति उत्तम मानिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल