आज शनिप्रदोषव्रत हेर्नुहोस् आजको दिन २०७६ कार्तिक २३ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको २३ गते शनिवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरदऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको द्वाददशी तिथि दिवा २।२५ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । उत्तराभाद्रपदा नक्षत्र राति ११।२८ बजेसम्म रहनेछन् । यसैगरी आज हर्षण योग र कौलव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।२१ मा छ भने सूर्यास्त बेलुका ५।१३ बजे हुनेछ ।


चन्द्रमा आज मीन राशिमा छन् । आज शनिप्रदोषव्रत परेको छ । त्रयोदशी तिथि सूर्यास्तका समयमा जुन दिन पर्छ सोहीदिन प्रदोषव्रत रहन्छ । आज शनिवार पनि परेकाले शनिप्रदोषव्र हो । आजको व्रत एवं शिवजीको उपानिाले शनिजन्य दोष निवारण हुनेछन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल