लिपु र कालापानीका विषयमा सरकार अल्मलिँदैन : मन्त्री बास्कोटा

Advertisement

स्याङ्जा, २२ कात्तिक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार नअल्मलिने बताएका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अंकित हुलाक टिकटको शुक्रबार अनावरण गर्दै मन्त्री बास्कोटाले सीमाका विषयमा सरकारको तर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताए ।

सरकारले कुरा उठाउनै नसकेर चुपचाप बसेको होइन भन्दै उनले सरकारको तर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेको बताए । मन्त्री बास्कोटाले विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुंगोमा पुर्‍याउने बताए ।

आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको बताउँदै उनले इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राष्ट्रमाथि आँच आउने कुरामा सरकार संवेदनशील रहेकाले त्यसमा पछाडि नहट्ने बताइन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल