भारतीय दूतावास पुगेर नेविसंघले भन्यो– गो ब्याक इन्डिया

Advertisement

काठमाडौं, २२ असोज । प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले भारतीय दूतावास पुगेर विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले बिहीबार लैनचौरस्थित भारतीय दूतावासअघि पुगेर भारतको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक परेको भन्दै विरोध प्रदर्शन गरेको हो ।

‘गो ब्याक इन्डिया’ लेखिएका ब्यानरसहित विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भारतीय सीमा अतिक्रमणविरुद्ध नाराबाजी गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल