पत्रकारितालाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड

Advertisement

बद्री नयाँघरे

रामेछाप, २२असोज । जिल्लाका सरोकारवालाहरुले सबै पत्रकारहरुलाई मर्यादित र अनुशासित भएर चल्न आग्रह गरेका छन् । नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समिति र सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नं ३ को आयोजनामा भएको अन्तक्रियामा सहभागीले यस्तो आग्रह गरेका हुन् ।

जिल्ला समन्वय समितिमा मन्थलीमा बिहीवार आयोजित श्रमजीवि पत्रकार ऐन २०५१ र न्युनतम् पारिश्रमिक कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा उनीहरुले त्यसका लागि पत्रकार आचार संहिता कार्यान्वयन मुख्य कुरा भएको बताए । कतिपय पत्रकारहरुको गैरजिम्मेवार लेखन र अभिव्यक्तिका कारण राम्रा काम गर्ने मान्छे र जनप्रतिनिधिहरुको समेत चरित्र हत्या भइरहेको भन्दै उनीहरूले त्यसखाले प्रवृत्ति भएका पत्रकारलाई कार्बाहिको दायरामा ल्याएर पेसालाई अनुशासित र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

पारदर्शिता र मुलुकको समृद्धिका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकारले आफनो कलमलाई निष्पक्ष र पूर्वाग्रही ढंगले चलाउनुपर्नेमा जोड दिए । उनीहरुले निष्पक्ष र पारदर्शी पत्रकारितामा मात्रै संघीयता र लोकतन्त्र फस्टाउने भन्दै विगतका परिवर्तनमा पत्रकार जगतले खेलेको भूमिकाको पनि स्मरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद शान्तिप्रसाद पौडेलले नेपालको पत्रकारिता क्षेत्रले राजाको शासन अन्त्यका लागि खेलेको भूमिकाको प्रशंसा गर्दे कतिपय पत्रकार पछिल्लो समयमा नियतवश आग्रह पूर्वाग्रहका आधारमा जनप्रतिनिधिलाई खुइल्याउन र चरित्रहत्या गर्न मात्र उद्यत देखिएकोले त्यस्तोखालको पितपत्रकारिता गर्नेलाई आचारसंहितामार्फत कार्बाहीको दायरामा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल