जनता जगाउनु पर्ने समय आएको छ : महर

Advertisement


काठमाडौं, २२ असोज ।  नेसघंका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेस युवा नेता नैनसिहं महरले देशको अस्मिता र अखण्डता जोगाउन कांग्रेसले सर्वदलिय संवाद शुरु गरेर जनता जगाउनु पर्ने समय आएको बताएका छन ।

लिपुलेक त्रिदेशिय सीमाक्षेत्रका सवालमा भारत र चीनले नेपाललाई कुनै जानकारी नदिई चोरबाटो बाट सम्झौँता गरेको कुराप्रति अन्धराष्ट्रवादका जगमा बनेको कम्युनिष्ट सरकारले चिनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नेपाल आउँदा कुनै कुरा समेत उच्चारण गर्न नसक्नुले वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली बनेको प्रष्ट हुन्छ, नेता महरले रुष्ट हुदैं भने । नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त बिषय जनताको पँहुचमा आउने बताए ।


वर्तमान सरकार निजी मेडिकल कलेज सञ्चालकको प्रभावमा परेर बिद्यार्थी
बाट असुलिएको थप शुल्क समेत फिर्ता गर्न सरकार भागीरहेको आरोप लगाए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल