खेमराजका पक्षमा सबै जुटे, देशभरीका कांग्रेसलाई कास्कीको सन्देश

Advertisement


– तुलसा भट्टराई

पोखरा,२२ कार्तिक । पुराना सबै घाउ मेटाउदै कास्कीले देशभरका नेपाली कांग्रेसका सदस्य र नेताहरुलाई सन्देश दिएको अनुभव गरिएको छ । कास्की क्षेत्र नं. २ मा हुनलागेको उपनिर्वाचनमा नयां पुराना सबै कांग्रेसजनहरु एक भएका छन् । अघिपछि चारतिर मुख फर्काएर कुरा काट्न र असन्तोष प्रकट गर्न व्यस्त कांगे्रसहरु यसरी एकजुट भएपछि पहिलो दिनदेखिनै माहोल खेमराजका पक्षमा हुनलागेको अनुभव पोखरामा हुन लागेको छ । ०७४ को निर्वाचनमा कमोवेर अन्तर्घातको र असन्तोषको सिकार भएको थियो कांग्रेस ।

तर त्यो पुराना घाउदेखि अहिले रहेका कतिपय मचभेदहरुलाई समेत विर्सेर कांग्रेसका सबै तहका सदस्यहरु संगठन विस्तार, सघन जनसंम्पर्क, प्रचारमा क्रियाशील भएका छन् । पार्टीका सभापति कृष्णबहादुर केसीको संयोजकत्वमा ३ हजार ५५१ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरिएको छ । पोखरा महानगर पालिकाका एघार वडामा पुराना कांग्रेसजनको नेतृत्वमा जिम्मेदारी र प्रचार अभियान गर्ने तय भएको जानकारी पुराना पत्रकार एवम् पार्टीका नेता पोषनाथ शर्माले हरेकपल डटकमलाई दिनुभएको छ ।

उहाँका अनुसार : पूर्व सभामुख एवम् कास्कीका प्रभावशाली व्यक्तित्व तारानाथ रानाभाट, पूर्वसभापति तथा पूर्व सांसद शुक्रराज शर्मा, पूर्व सभापति तथा पूर्वमन्त्री यज्ञबहादुर थापा, संविधान सभा सदस्य शारदा पौडेल, सांसद विन्दा राणा, प्रदेश सभा सदस्य विन्दू कुमार थापा, सोभियतबहादुर अधिकारी, देवराज चालिसे, वीरेन्द्र नारायण विजुक्छे , गुरुप्रसाद बराल सहितका सबै नेताहरु चुनावी अभियानमा सशक्तरुपमा लागेका छन् । यसअतिरिक्ति ३२ वटा निर्वाचन परिचालन उपसमिति गठन भएका छन् । पहिलो पटक कास्कीमा अभूतपूर्व रुपमा कांग्रेसजन निर्वाचनमा खटिएको देखिन्छ ।


ठीक यसमा विपरित प्रतिस्पद्र्धी पार्र्टी नेपाल कम्युनिष्ट पार्टीकी उमेदवार पहिलै दिन व्याग विवादमा पर्नुभएको छ । उहाँ उमेदवारी दर्ता गर्न जाँदा आफ्नो हाते व्याग समेत अरु कसैलाई वोकाएर हिड्नु भएको दृश्य र टिप्पणीप्रतिटिप्पणी सामाजिक संजालमा व्याप्त छ । सामन्ती परम्पराको प्रयोग यसअघि राष्ट्रपति विद्या भण्डारीले सैनिकलाई आफ्ना जुत्ता वोक्न लगाउनुभएको जस्तै गरी अर्की विद्याले पनि त्यही पारा देखाएको अनुभव कास्कीमा गरिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल