महेन्द्रनारायण निधि मेमोरियल अस्पताल सञ्चालन तयारी

Advertisement

– तुलसा भट्टराई-

काठमाडौं, २१ कार्तिक । महेन्द्रनारायण निधिको स्मृतिमा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पताल संचालन हुने भएको छ । काठमाडौं वसुन्धारा स्थित (प्रहरी चौकी अगाडी) आफ्नै नयां भवनमा १ सय वेडको अस्पताल संचालन हुन लागेको हो ।

फाेटाे: हरेकपल

०६८ सालबाट गौशालाको भाडाको घरबाट अस्पताल सुरु गरिएको भएपनि ०७२ को भूकम्पले विस्थापित हुनुपरेपछि अस्पतालको भवन आफ्नै जग्गामा निर्माण थालिएको महेन्द्रनारायण निधि स्वास्थ्य सहकारी लि.का अध्यक्ष भानुभक्त ढकालले हरेकपलसंगको कुराकानीमा जानकारी दिनुभयो । अस्पतालले पिसिएल नर्सिड. समेत चलाइ रहेको छ ।

अस्पताल भवनमा महेन्द्रनारायण निधिको स्मारक स्थापना गरिएको छ । लोकतन्त्र, अहिंसा, समानिक न्याय, शान्ति, समुदायबीच सद्भावना र सामाजिक क्षेत्रका अभियन्ता श्रीमहेन्द्रनारयाण निधिको नाममा महेन्द्रनारायण स्मृति प्रतिष्ठान ०५८ मा स्थापित भएको थियो । प्रष्ठिानकै पहलमा अहिले अस्पताल स्थापना भएको छ । प्रतिष्ठानका उपाध्यक्ष शालिग्राम मिश्रका अनुसार प्रतिष्ठानले अरु विभिन्न रचनात्मक कार्यहरु समेत गरिरहेको छ । प्रतिष्ठानको मानार्थ अध्यक्ष तथा अस्पतालको मुख्य संरक्षक नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि हुनुहुन्छ ।

फाेटाे: हरेकपल

एकसय शैय्याको अस्पतालमा ओपिडी सेवा सुरु भएको र केही दिनमा नै ओटि समेत संचालनमा आउने छ । अस्पतालले जनरल सेवा गरेपनि कुनै एक विषयमा विशेष सेवा दिने तयारी भइरहेको छ प्रतिष्ठान र अस्पताल स्थापनाको प्रथम पहल गर्ने अध्यक्ष ढकालले भन्नुभयो । भनिन्छ एकप्रकारले यी दुवै संस्थाहरु ढकालकै व्रेन चाइल्ड हुन् ।

फाेटाे: हरेकपल

अहिले यसमा करीव नौ सय सेयर सदस्यहरुको सहभागिता पुगेको छ । तीन रोपनी जग्गामा वनेको र अस्पतालकै लागि निर्मित भवन आकर्षक देखिन्छ । चुरे भावर भन्दा माथिल्लो भागमा तराइमा जन्मेर राष्ट्रको शीर्षस्थानमा पुग्ने, सहादत प्राप्त गर्ने, साहित्य, कला र सिर्जना गर्ने कुनै पनि व्यक्तित्वको पहिलो स्मारक निधि मेमोरियल अस्पतालमा स्थापित हुँदैछ । यसअघि कसैको पनि स्मारक राजधानी वा पहाडी क्षेत्रमा छैन । यस कार्यलाई सम्पूर्ण सेयर सदस्यहरुले गौरवका रुपमा लिएको सेयर सदस्यहरुको भनाइ छ । अस्पताल संचालनको पूर्वाद्र्धमा आज अस्पताल भवन प्राङ्गणमा वास्तु पूजा समेत लगाइएको थियो ।

फाेटाे: हरेकपल
फाेटाे: हरेकपल
फाेटाे: हरेकपल
फाेटाे: हरेकपल
फाेटाे: हरेकपल
फाेटाे: हरेकपल
फाेटाे: हरेकपल

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल