आज बिहीवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ कार्तिक २१ गते

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको २१ गते बिहीवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरदऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको दशमी तिथि बिहान १०।१० बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । शतभिषा नक्षत्र बिहान १०।३२ बजेसम्म रहनेछन् । यसैगरी आज ध्रुव योग र वणिज करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।१९ मा छ भने सूर्यास्त बेलुका ५।१४ बजे हुनेछ ।

चन्द्रमा आज कुम्भ राशिमा छन् । आज बिहीवार दुर्गाभगवतीको उपासनासँगै पहेला वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल