आज कुष्माण्डनवमी, कुभिण्डो दान गर्ने दिन हेर्नुहोस् आजको दिन २०७६ कार्तिक २० गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको २० गते बुधवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको नवमी तिथि बिहान ८।४ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । धनिष्ठा नक्षत्र बिहान रहनेछन् । यसैगरी आज वृद्धि योग र तैतिल करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।१८ मा छ भने सूर्यास्त बेलुका ५।१५ बजे हुनेछ ।


चन्द्रमा आज कुम्भ राशिमा छन् । आज कुष्माण्डा नवमी पर्व परेको छ । यसलाई अक्षय नवमी पनि भनिन्छ । आजका दिन कुभिण्डो सहित सुन दान गर्नाले अक्षय पुण्य प्राप्त हुने फल बताइएको छ ।


आज हेटौँडामा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाममा कुष्माण्ड नवमी मेला लाग्ने गर्दछ । यसैगरी मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी र धातृनवमीसमेत भन्ने गरिन्छ । यस पर्वमा अमला (धातृ)को रूखको फेदमा खाना खाने मैथिल परम्परा छ । कात्तिक शुक्ल नवमीकै दिन द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंसवध गर्नपूर्व मथुरा, बृन्दावन र गोबद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको धार्मिक मान्यता पनि पाइन्छ । यसैगरी आज सत्ययुग आरम्भ भएको दिन पनि हो ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल