आजबाट पञ्चक लाग्ने, हेर्नुहोस् आजको दिन २०७६ कार्तिक १९ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको १९ गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको अष्टमी तिथि बिहान ६।३० बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । धनिष्ठा नक्षत्र अहोरात्र रहनेछन् । यसैगरी आज गण्ड योग र बालव करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।१८ मा छ भने सूर्यास्त बेलुका ५।१६ बजे हुनेछ ।


चन्द्रमा आज मकर राशिमा छन् । आजबाट पञ्चक आरम्भभएको छ । धनिष्ठादेखि रेवती नक्षत्रसम्म चन्द्रमा रहेको अवस्थामा पञ्चक रहन्छ । पञ्चकमा महकाड्ने, घर छाउने, खलियो लगाउने कार्य वर्जित रहन्छन् । यसैगरी पञ्चकमा मृत्युहुनेको पञ्चक विधिले दहन एवं शान्ति गर्नुपर्दछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल