आज अष्टमीव्रत, हेर्नुहोस् आजको दिन २०७६ कार्तिक १८ गते

Advertisement



श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको १८ गते सोमवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको अष्टमी तिथि अहोरात्र रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति वृश्चिक राशिमा छन् । श्रवण नक्षत्र राति ५।५३ बजेसम्म रहनेछन् । यसैगरी आज शूलम् योग र भद्रा करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।१७ मा छ भने सूर्यास्त बेलुका ५।१६ बजे हुनेछ ।


चन्द्रमा आज मकर राशिमा छन् । अष्टमीव्रत परेकाले आज गोरखकाली भवतीको उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल