बेनीबहादुर कार्की (बेदब्यास) को कविता सङ्ग्रह ‘संसार’ को विमोचन

Advertisement

सामुदायिक रेडियो एकताका अध्यक्ष बेनीबहादुर कार्की (बेदब्यास) को कविता सङ्ग्रह ‘संसार’ को आज विमोचन गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित रेडियोकै प्राङ्गणमा सर्लाही साहित्य समाजको आयोजनामा कविता सङ्ग्रहको विमोचन गरिएको हो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीको अवसरमा सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटाको अध्यक्षता एवं साहित्य समाजका संरक्षक रेणुकान्त ढुंगानाको प्रमुख आतिथ्यतामा आयोजित कविता सङ्ग्रहको विमोचन कार्यक्रममा प्राध्यापकहरु बिप्रहरि दाहाल, मुना उपाध्याय, सुमन घिमिरेलगायतले मन्तव्य राख्नुभयो । सर्लाही साहित्य समाजका सह–सचिव मनोज बखे्रलको सञ्चालन तथा समाजका सचिव उत्तम दाहालको स्वागतमा सम्पन्न कार्यक्रममा वक्ताहरुले साहित्यका धरोहर महाकवी देवकोटाले साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल