लक्ष्मी ल्युब आयलको काठमाडौंमा अधिकृत विक्रेता

Advertisement

काठमाडौँ, ८ असोज । अबी ट्रेड लिङक प्रा.लि.ले डिलर उद्घाटन तथा रिटेलर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । प्रा.लि.ले काठमाडौँ जोरपाटीको पिस ब्यान्क्वेट पार्टी प्यालेसमा सो भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ट्रेड लिंक प्रालिले लक्ष्मी ग्रुुपअन्तर्गत लक्ष्मी ल्युब आयलसँगको सहकार्यमा लक्ष्मी ल्युब आयलले आयत गरेको टोटल लुुब्रिकेन्ट, टायर तथा ब्याट्रीबारे जानकारी गराएको थियो । आयातीत सामग्री अन्य कम्पनीको तुुलनामा निकै गुुणस्तरयुुक्त भएको कम्पनीको दाबी छ ।
लक्ष्मी आयलले आयात गरेको टोटल लुुब्रिकेन्ट, टायर तथा ब्याट्रीको काठमाडौँका लागि अधिकृत विक्रेताको रूपमा कार्य सुुरु गरेको जानकारी गराएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघीय संसद्का सदस्य सांसद कृष्ण राईले दीपावली तथा छट पर्वको शुुभकामना दिनुभयो । उहाँले अबी ट्रेड लिंक प्रा.लिका कार्यकारी प्रमुख गोविन्द काफ्लेको व्यवसायिक सफलताको प्रशंसा गर्नुुभयो । गोविन्द काफ्लेजस्तै अन्य एक सयजना जन्मिए नेपालको विकासमा धेरै सफलता प्राप्त हुने धारणा राख्नुभयो ।

अबको नेपालको व्यापार आयातमुुखी भन्दा निर्यातमुखी हुुनुुपर्नेमा जोड दिँदै उहाँले नेपालीको धेरै पैसा अनुुत्पादनमा रहेकोले अब त्यस्तो पैसालाई उत्पादनको क्षेत्रमा लगाउनुुपर्ने बताउनुुभयो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि प्रदेश ३ का प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले छोटो मन्तव्य राख्दै लक्ष्मी लुुबिकान्टले विभिन्न उत्पादन सामग्री आफ्नो क्षेत्रमा ल्याएकोमा धन्यवाद दिनुुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, अटो मेकानिक व्यवसायी महासंघका महासचिव ठाकुर न्यौपाने, सूचना चौतारी सञ्चार सहकारीका अध्यक्ष विपिन शर्मालगायत अतिथिले मन्तव्य राख्दै संस्थाको सफलताको कमना व्यक्त गर्नुभएको थियो ।
अबी ट्रेड लिंक प्रा.लि.का कार्यकारी प्रमुख गोविन्द काफ्लेले बडादशैं, दीपावली, तथा छट पर्वको शुुभकामना व्यक्त गर्दैै आफ्नो व्यावसायको सफलताको पछाडि आफ्नो टिमको निकै ठूलो हात रहेको बताउनुुभयो ।

कार्यक्रममा उपस्थित सबैले एक–अर्कामा शुुभ दिपावली तथा छट पर्वको शुुभकामना आदानप्रदान गर्नुुभएको थियो । कार्यक्रममा एक हजार जतिको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल