आज मंगलवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ कार्तिक ५ गते

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल कार्तिक महिनाको ५ गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको नवमी तिथि राति ११।२४ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । तिष्य नक्षत्र दिवा १।४५ बजेसम्म रहनेछ । यसैगरी आज साध्य योग र तैतिल करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।८ मा छ भने सूर्यास्त बेलुका ५।२७ बजे हुनेछ ।


चन्द्रमा आज कर्कट राशिमा छन् । आज मंगलवार राता वस्तुको प्रयोगसँगै गणेशजीको उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल