असफल हुनुको कारण के हो ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

अध्यर्धाद् योजनशतमिषं वीक्षते खगः ।
सोऽपि पाश्र्वस्थितं दैवाद् बन्धनं न च पश्यति ।।

–पञ्चतन्त्र, मित्रसम्प्राप्ति, श्लो. २१


डेढसयकोश परको चारो देख्ने चरालेले नजिकै भएको जाल नदेखी त्यही पासमो पर्छ ।


जसरी चराले डेढसय योजन परको चारो त देख्छ तर नजिकै रहेको शत्रुको जला देख्दैन र फस्छ मान्छे पनि नजिकैको जाल नदेखेर नै असफल भइरहेको हुन्छ । सफलता आफूसँगै छ । तर अर्काको सफलतामा मात्र वहकिने हाम्रो बानी हुन्छ फलस्वरूप हामी सफलताको सिँढी चढ्न सक्दैनौँ । सफलता प्राप्तिका निम्त आफू नजिकैका सारा–गाह्रा कुरालाई पन्छाउन सक्नुपर्दछ । आफ्नो पन र प्रवृत्तिमा सुधार गर्नुपर्छ र सार्वत्रिक दृष्टि हुनुपर्दछ । सफलताका निम्ति हरेक विषयवस्तुप्रति सजग र सचेत रहनसक्नुपर्दछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्–

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल