ओखलढुंगामा विराज पिटर हाजिरी जवाफ प्रतियोगिता हुने

Advertisement

विराज समाजले ओखलढुंगामा विराज पिटर हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएकोे छ । कातिक ६ गते विगुटार मा.वि.विगुटार ओखलढुंगा हुने विराज पिटर हाजिरी जवाफ प्रतियोगिताका लागि एक टोली सोमबार काठमाण्डौबाट ओखलढुंगा प्रस्थान गरेको छ । यस अघि समाज कार्यक्रमको अन्तिम तयारी बैठक आइतबार समाजका सल्लाहकार तथा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालको उस्थितिमा सम्पन्न भएको छ । बैठकमा समाजका सल्लाहकार दाहालले विगुटारमा डा.पिटर होज प्रिन्डलले गर्नु भएको योगदानको स्मरण समेत गर्नु भएको थियो ।


ओखलढुंगा प्रस्थान गरेको टोलीमा अमेरिकन नागरिक डा.पिटर होज प्रिन्डल, समाजका अध्यक्ष रामप्रसाद दाहाल, निवर्तमान अध्यक्ष दिनेशकुमार मगर, सल्लाहकारहरु प्रा.मुकुन्दराज दाहाल, सुमन दाहाल र कानूनी सल्लाहकार केशव दाहाल र आजीवन सदस्य हरिहर दाहाल रहनु भएको छ । त्यसैगरी समाजका सचिव राजेन्दप्रसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कटवाल, वरिष्ठ लोकगायक माधवप्रसाद दाहाल, भलबहादुर कटवाल, गजाधर दाहाल, कमलप्रसाद दाहाल, सरस्वती दाहाल, सीता सुवेदी, लिलानाथ दाहाल, आशिस दाहाल सहित २७ जना महानुभावहरु रहनु भएको निर्वमान अध्यक्ष दिनेश कुमार मगरले जानकारी दिनु भयो ।


विराज पिटर हाजिरी जवाफ प्रतियोगिताका लागि अमेरिकी नागरिक डा. पिटर होज प्रिन्डल केही दिन अघि नेपाल आउनु भएको थियो । डा. पिटर मानवशास्त्र÷समाजशास्त्र विषयमा विद्यावारिधिको शोधको सिलसिलामा ओखलढुङ्गा जिल्लाको बिगुटार गाउँ ( हाल सिद्धिचरण नगरपालिका ७ -मा सन् १९७०–१९७२ सालसम्म बस्नु भएको थियो । उहांले विगुटारको भूगोल, रहन सहन र आर्थिक अवस्थाका विषयमा अध्ययन गरी विद्यावारिधिको शोध पुरा गर्नु भएको थियो ।


डा.पिटरले शोध पूरा गरेर गएपछि पनि विगुटार गाउँको दयनीय स्थिति देखेर करिब दुई सय विद्यार्थीहरुलाई उच्चशिक्षा अध्ययनका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको हरिहर दाहालले जानकारी दिनु भयो । डा.पिटरले निरन्तर नेपाल र नेपालीका लागि गर्नु भएको स्नेह,सहयोग र योगदानको उच्च सम्मान गर्दै विराज समाजले अभिनन्दन समेत गर्ने छ भने सिद्धिचरण नगरपालिकाले पनि डा.पिटर होज प्रिन्डलको सम्मान कार्यक्रम कार्तिक ७ गते ओखलढुंगामा गर्ने भएको छ ।


विराज समाजले अमेरिकन नागरिक डा. पिटर होज पिन्डलको सम्मानमा स्थापना भएको विराज पिटर शिक्षा कोष तथा समाजका आजीवन सदस्य हरिहर दाहालको विशेष योगदानमा विराज क्षेत्र तथा सिद्धिचरण नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्न लागेको समाजका अध्यक्ष रामप्रसाद दाहालले जानकारी दिनु भयो । प्रतियोगितामा प्रथम, दितीय, तृतीय हुने समूहलाई क्रमश १५ हजार , १० हजार र ५ हजार नगद पुरस्कार तथा विजेता विद्यालयलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रमका संयोजक प्रा. मुकुन्दराज दाहालले बताउनु भयो । सहआयोजकको रुपमा विराज पिटर हाजिरी जवाफ प्रतियोगितको स्थानीय व्यवस्थापन विगुटार मा.वि.ले गर्ने भएको छ ।


विराज समाजले विराज क्षेत्रमा हरेक वर्ष आयोजना गर्ने आफ्ना नियमित कार्यक्रमहरु पनि सम्पन्न गर्ने छ भने लोकगायक माधबप्रसाद दाहालका केही गीतहरुको छायांकन समेत गर्ने भएको छ । समाजले विराज पिटर हाजिरी जवाफ प्रतियोगिताका सम्पन्न गर्न समाजका सल्लाकार प्रा. मुकुन्दराज दाहालको संयोजकत्वमा समाजका सल्लाहकार विनोद दाहाल, माधवप्रसाद दाहाल, नारायण सापकोटा र जयप्रसाद दाहाल सदस्य रहेको समिति समेत गठन गरेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल