विद्युतीय बत्तीमा ग्राहकको आकर्षण

Advertisement

काठमाडौं । तिहारको आगमनसँगै ग्रहकको विद्युतीय बत्तीमा आकर्षण बढ्न थालेको छ । विद्युतीय बत्ती सजिला र पुनः प्रयोग गर्न मिल्ने भएपछि यस्ता बत्तीको माग बढेको हो । तिहारकै लागि भनेर विभिन्न खालका दीयो, मालाबत्ती लगायत झण्डै ७० देखि ८० करोड रुपैयाँसम्मको विद्युतीय सामान आयात हुने गरेको छ ।

यस वर्षको तिहारमा झण्डै ८० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेलले जानकारी दिए ।

खरेलका अनुसार तिहार लक्षित विद्युतीय बत्ती झण्डै ८० करोड रुपैयाँको आयात भएको हो । उनका अनुसार तिहारका लागि आउनुपर्ने प्रायः सबै खालका बत्ती आइसकेको छन् ।

एकपटक प्रयोग गरेको बत्तीलाई अर्को वर्ष पनि प्रयोग गर्न पाइने भएकाले पनि उपभोक्तामा विद्युतीय बत्तीप्रति आकर्षण बढेको हो ।

लोडसेडिङको समस्या हटेपछि पनि यस्ता बत्तीमा आकर्षण बढेको पाइन्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल