आज कोजाग्रत पूर्णिमाव्रत पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन २६ गते

Advertisement


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको २६ गते आइतवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको पूर्णिमा तिथि राति १२।५८ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र विहान ६।११ बजेसम्म रहनेछ । व्याघात योग र भद्रा करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।०३ मा छ भने सूर्यास्त बेलुका ५।३६ बजे हुनेछ ।


चन्द्रमा आज मीन राशिमा छन् । आज कोजाग्रत पूर्णिमा व्रत हो । आजका भगवती लक्ष्मीको विशेष आराधना गर्ने दिन हो । आजको राज जो जाग्रत हुन्छ उसैका घरमा लक्ष्मीको वास हुन्छ भन्ने अर्थमा कोजाग्रत पूर्णिमाको व्रत वसिन्छ । यसैगरी आजबाट जमरा पनि विधिवत सेलाइन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल