राष्ट्रपति भण्डारी र सी जीनपीङबीच भेटवार्ता

Advertisement

काठमाडौँ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी जीनपीङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको बताइएको छ ।

उहाँले आज साँझ प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै राष्ट्रपति सी उहाँको सम्मान राष्ट्रपति भण्डारीले आयोजना गर्नु भएको राजकीय भोजमा सहभागी हुनु हुने कार्यक्रम रहेको छ । सो अबसरमा नेपाली सांगीतिक टोली सुरसुधाले राष्ट्रपतिको सम्मानमा सांगीतिक प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै आइतबार राष्ट्रपति सी ले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुका साथै मध्यान्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता हुनुका साथै नेपाल र चीनबीच हुने केही द्वीपक्षीय सम्झौताको हस्ताक्षर कार्यक्रम उपस्थित हुनु हुनेछ ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल