काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ, विमानस्थलमा भव्य स्वागत

Advertisement

काठमाडाैं, २५ असाेज । दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुग्नुभएकाे छ । उहाँ भारतको चेन्नईबाट एयर चाइनाको विशेष विमानबाट उनी ४:१० मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाे हाे ।

उहाँकाे विमान चेन्नईबाट काठमाडौं आइपुग्न २ घण्टा १४ मिनेट लागेको छ । सीलाई राष्ट्रपति विद्या भण्डारीले विमानस्थलमै स्वागत गर्नुभएकाे छ । सीलाई स्वागत गर्न प्रधानमन्त्री, मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि उपस्थित हुनुहुन्थ्याे ।

सीले आजै नेपाली समकक्षी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ । यसैगरी पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेपछि उहाँ सोल्टी होटेलमा राष्ट्रपति भण्डारीले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओलीसँग भने भोलि बिहान भेटको समय मिलाइएको छ ।

सीको स्वागतका लागि विमानस्थल तथा उहाँ बस्ने होटल सोल्टीसम्मको सडक दुवैतर्फ सिँगारिएको छ । चिनियाँ राष्ट्रप्रमुखको नेपालमा औपचारिक भ्रमण हुन लागेको यो २३ वर्षपछिको अवसर हो ।

यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गर्नुभएकाे थियाे । सी नेपालको भोलि (आइतबार) १ बजे स्वदेश फर्कने कार्यतालिका रहेकाे छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल