आज विजयादशमी, बडादशैको हार्दिक मंगलमय शुभकामनासहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन २१ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको २१ गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको विजया दशमी तिथि दिवा ४।१९ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । श्रवण नक्षत्र राति १०।३४ बजेसम्म रहनेछ । धृति योग र वणिज करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।०० मा छ भने सूर्यास्त बेलुका ५।४३ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा छन् ।


आज विजया दशमी । आज अपराजित जया विजयाको विशेष पूजा गरिन्छ । भगवान श्रीरामले रावणमाथि विजय प्राप्त गरेको धार्मिक ऐतिहासिक प्रसङ्ग छ । आज हर्षोल्लास पूर्वक मान्यजनबाट आशीर्वाद स्वरूप भगवतीको टीका प्रसाद जमरा ग्रहण गर्ने शास्त्रीय विधान रहेको छ । यसैगरी ज्योतिषीय दृष्टिले पनि विजया दशमीको विशेष महŒव रहेको छ । विजया दशमीको दिनभरी नै शुभ साइत हुन्छ । कुनै विशेष समय जुराउनु पर्दैन ।


भगवती दुर्गामातको अनुकम्पाले हामी सबैमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त होस्् । सबैका मनोकामना पूर्ण हुन् भन्दै समस्त नेपालीमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल